विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा  कार्कीलाई नियुक्त गरेका हुन् । कार्कीलाई मुख्यमन्त्री बनाउन ५२ जना सांसदहरूले सनाखत गरेका थिए ।  कोसी प्रदेश प्रमुख  खापुङले  संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोसी प्रदेशको मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेका हुन्  ।