विराटनगर । कोसी प्रदेशका ५ जना पत्रकार पुरस्कृत भएका छन्  । कोसी प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै  आएको पुरस्कार यो वर्ष सोमबार एक कार्यक्रमको आयोजना गरी ५ जनालाई प्रदान गरिएको हो । पुरस्कृत हुने  पत्रकारहरूमा  उदयपुरका महेश्वर चाम्लिङ राई, मोरङका अनन्तराज न्यौपाने, धनकुटाका रमेशचन्द्र अधिकारी, झापाका भीमलाल नेम्वाङ र सुनसरीका पी.बि. दियाली छन् । उनीहरूलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले एक–एक लाख रुपैयाँको चेक र प्रमाणपत्र प्रदान गरेका थिए ।