विराटनगर ।  विराटनगरमा रहेको साउथ एसियन स्कुल अफ  टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (सास्थम) कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) र बिबिएका विद्यार्थीको बिदाइ गरेको छ। विराटनगरको रत्ना होटेलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी उनीहरूको बिदाइ  गरेको हो । विएचएम २०२० को ब्याच र बिबिए २०१९ ब्याचका विद्यार्थीहरूको  बिदाइ गरेको थियो ।  विएचएमका ४६ जना र  बिबिएका ३२ विद्यार्थीहरूलाई एकै कार्यक्रममा बिदाइ गरिएको क्याम्पसका व्यवस्थापन तथा प्रशासन म्यानेजर राजेश गुरुङले जानकारी दिए  ।  सास्थम कलेजका प्रबन्धक निर्देशक रोशनबहादुर थापाले  अहिलेको बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेकोले त्यो प्रतिस्पर्धामा आफूलाई उभ्याउन विद्यार्थी सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले आर्टिफिसियल इन्टेलिजेन्स  (एआई)सँग प्रतिस्पर्धा गर्नु पर्ने भएकोले  हामीले कसरी आफूलाई उभ्याउने भन्ने चुनौतीको बिच अघि बढ्नु पर्ने बताए ।  उनले बिएचएम गर्ने बित्तिकै म्यानेजर भइने नभई एउटा काम गर्ने खुट्किलो मात्र निर्माण भएको विद्यार्थीलाई सुझाए । 
क्याम्पस म्यानेजर महेश्वर सिंहले विद्यार्थीहरूले गरेको सामूहिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा गरिने सामूहिक कार्यले स्वयम विद्यार्थीलाई नै फाइदा पुग्ने बताए । परियोजना कार्यको आधारमा विद्यार्थीहरू  असाध्यै अब्बल भएर क्याम्पसबाट निस्किन सफल भएको सुनाए । 
विद्यालयबाट बिदाइ हुँदै गरेका विद्यार्थीहरू आरती, एलिना र नवीनले पढाइको सिलसिलामा २ वर्ष कोभिडले खाए पनि बाँकी दिनहरू प्रोजेक्ट वर्कमा बितेको सुनाए । क्याम्पसले किताबको किरो मात्र नभई  विद्यार्थीलाई सीप सहितको नैतिक वान बनाउन सिकाएको उल्लेख गरे । 

कार्यक्रममा बिबिएका कोअर्डिनेटर विनय विष्णु केसी र बिएचएमका कोअर्डिनेटर शैलेन्द्र गणेशले विद्यार्थीहरूलाई मायाको चिनो सहित बिदाइ गरेका थिए ।