विराटनगर । आफन्त नेपालले आर्थिक वर्ष सन् २०२२ र २०२३ को वार्षिक समीक्षा गरेको छ।  विराटनगरमा एक कार्यक्रमको आयोजना गरी दुई वर्षको बिचमा भएको उपलब्धि सार्वजनिक गरेको हो ।  संस्थाले यो अवधिमा १४० जनालाई उद्धार गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  आफन्त नेपाल विराटनगरका कार्यालय प्रमुख मनु रानाले दुई वर्षको बिचमा गरेको कार्य प्रगतिको बारेमा जानकारी गराइन् । यो अवधिमा मानव बेचबिखन तथा ओसारपसारका ३ वटा र जवरजस्ती करणीको २ वटा  मुद्दा दर्ता भएको  उनको भनाई छ। ‘पारिवारिक पुनर्मिलनको १०८ जनाको गराइएको छ, उनले भनिन्, प्रहरीको सहयोगमा  घटना व्यवस्थापन १२० वटा भएको छ, सुरक्षित आवास प्रेषण ३२ जनालाई गराइएको छ।’
mani
सन् २०२२ मा सूचना प्रेषण ५ हजार ३ सय ५५ र २०२३ मा ५ हजार ५४६ तथा परामर्श २ हजार २४४ र २ हजार ४१७ जनालाई दिइएको कार्यक्रमका सहभागीलाई जानकारी गराइएको थियो । आफन्त नेपालले सीमा अनुगमन, आकस्मिक आवास गृह, उद्धार र स्वदेश फिर्ता लगायतका  कामहरू गरिएको  जानकारी दिइएको थियो । आफन्त नेपालका क्षेत्रीय व्यवस्थापक उषा गुरुङले  मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागि सीमा क्षेत्रमा पुरुष रक्षक समूहहरू बनाएको जानकारी दिइन् ।   आफन्त नेपाल मार्फत देशभरका ११ स्थानमा कार्यालय सञ्चालन गरेर सीमा निगरानी हुँदै आएको जानकारी गराइन् । 
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  मानव बेचबिखन तथा ओसार पसार रोकथामको लागि संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।  जहाँ बढी भिडभाड हुन्छ  त्यो ठाउँबाट बढी मानव ओसारपसारका घटना हुन सक्ने भएकोले संस्थाहरू त्यस्तै ठाउँमा क्रियाशील रहनु स्वाभाविक रहेको भए पनि अन्य नाकाहरूमा पनि निगरानी बढाउनु पर्ने अवस्था रहेको उनले बताए  । 
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुगम क्षेत्रमा मात्र संस्थाहरू बस्दा त्यसले मात्र मानव बेचबिखन नरोकिने बताए ।  आगामी दिनमा सहकार्यलाई प्रभावकारी बनाई सीमा नाकामा सबै मिलेर मानव बेचबिखन तथा रोकथाममा कडाइ गर्नु पर्नेमा उनले जोड दिए ।
manu

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेलवासेले मानव बेचबिखनलाई जबरजस्ती करणीसँग जोड्ने या घरेलु हिंसाका विषय पनि जबरजस्ती करणीसँग जोडेर सङ्घ संस्थाले ल्याउने गरेकोले त्यस्ता विषयमा सङ्घ संस्थाहरू पनि सचेत हुनु पर्ने बताए । जुन घटनासँग  जोडिएको छ त्यो विषयमा मात्र अनुसन्धान आवश्यक हुने भएकोले विषयलाई तोडमोड गर्ने गरेको गुनासाहरू आउने गरेकोले त्यस्तो नगर्न समेत उनले आग्रह गरे । गैसस महासङ्घका सरिता खनाल तथा नवराज निरौलाले संस्थाले बनाएको समूहलाई सहकारीसँग जोडेर  महिलाहरूको आयआर्जनसँग जोडेर लग्न सक्नु पर्ने सुझाव दिए ।  कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।