विराटनगर । इलाम क्षेत्र २ मा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले सम्ममा ६४ हजार क्षेत्रमा  मत खसेको छ । १,१५,८८९ मतदातामध्ये ६४,००० मत खसेको यादवले बताए । उनले अहिले पनि  मतदान केन्द्रमा मतदाताहरू आउने क्रम जारी नै रहेकाले मत हाल्नेको प्रतिशत बढ्ने जानकारी दिए । उनले ५ बजे सम्ममा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मत हाल्न दिने व्यवस्था मिलाइएको छ । 
इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खस्ने अनुमान गरिएको भए पनि यो भन्दा कम मत खस्ने अनुमान गरे । उनले भने,अनुमान गरिए भन्दा केही प्रतिशत बिलो नै हुने भएको छ । अझै केही समय बाँकी रहेकाले यसै भन्न सकिन्न । 
इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरू मध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् । बाँकी स्वतन्त्र रूपमा उम्मेदवार छन् । उम्मेदवार मध्ये एमालेका सहांग नेम्वांग र काँग्रेसका डम्बर खड्का बिचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा रास्वपाका मिलन लिम्बु र पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमको समेत प्रभाव रहेको देखिन्छ । 
मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने र आज रातीबाटै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत घिमिरे बताए । उनका अनुसार २ वटा काउन्टरबाट मत गणना हुने छ । उनले मतगणनाको आवश्यक तयारी भएको बताए । 
मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातीबाटै मत गणना सुरु गर्ने र भोली बेलुका सम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरिएको आवश्यक व्यवस्था मिलाएको बताए । उनले भने, मत पत्र सानो र थोरै उम्मेदवार भएकाले छिटै मत गणना सम्पन्न हुने छ । हामीले यसको तयारी गरेका छौ ।