विराटनगर । आमाको आठ दिन अघि निधन भएपछि किरियापुत्री बसेका २ जनाले मतदान गरेका छन ।  इलाम क्षेत्र २ मा भइरहेको निर्वाचन अन्तरगत इलाम नगरपालिका ५, बरबोटे केन्द्रमा किरियापुत्रीले मतदान गरेका हुन् । काज किरियामा रहेका कमल दुलाल, डिल्ली दुलालले इलाम नगरपालिका–५ वडा कार्यालयको केन्द्रमा मतदान गरेका हुन् ।  
उनीहरूकी आमा खिनमायाको आठ दिनअघि निधन भएको थियो । काममै बसेका दुलाल दाजुभाइले बिहानै मतदान गरेको निर्वाचन कार्यालय इलामले जनाएको छ ।