विराटनगर । उप निर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिले सम्म २० प्रतिशत मत खसको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले सम्म २३ हजार भन्दा बढी मत खसेको छ । इलाम २ मा मतदाता  १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।  अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । 
 बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् ।  उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

तस्बिर सौजन्य : भूमिका पाख्रिन 

 
440054793_1826128844528932_2837895544614346471_n
437033609_951713670070684_4846806986113774873_n