इलाम । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उप निर्वाचनमा बिहान सात बजेबाटै मतदान सुरु भएको छ । निर्वाचनमा इलाम २ का प्रमुख उम्मेदवारले मतदान गरिसकेका छन् । इलाम क्षेत्र नम्बर २ मा भइरहेको निर्वाचनमा पहिचान पक्षधर तर्फका साझा उम्मेदवार डकेन्द्र थेगिमले मतदान गरेका छन् । उनले इलामको फाकफोथुम गाउँपालिका सिंहदेवी माध्यमिक विद्यालय आम चोकमा  केन्द्रबाट उनले मतदान गरेका हुन् । 
प्रदेशको नाम कोशी राखेछि प्रदेशमा पहिचानको आन्दोलन सुरु भएको थियो । आन्दोलनरत ४१ वटा मोर्चाहरूले थेगिमलाई उम्मेदवार बनाएका हुन् । उनी यस अघि किराँत भाषा तथा साहित्य उत्थान सङ्घका अध्यक्षको रूपमा कार्यरत थिए । उनी यस अघि लामो समय शिक्षकको रूपमा यस क्षेत्रमा काम गरेका छन् ।  
यसै गरी रास्वपाका उम्मेदवार  लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि.  मा रहेको मतदान स्थलमा बाट मतदान गरेका हुन् । 
उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गरेको  मतदान स्थलमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन् । यसैगरि   इलाम क्षेत्र नम्बर २ मा भइरहेको  उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरेका छन् । अघिल्लो पटक पराजित भएका खड्काले इलाम बजार स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस मतदान स्थलबाट मतदान गरेका हुन् । यस अघि एमालेका उम्मेदवार सुहांग नेम्बांगले पनि सोही केन्द्रबाट मतदान गरेका थिए । इलाममा बिहान सातै बजेबाट मतदान सुरु भएको हो । 
Shuang 1
dambar 1
dakendra
milan