विराटनगर । कोशी प्रदेशमा एमाले र माओवादीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेका छन् । एमालेका ४० र माओवादीका १३ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर एमाले र माओवादी सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुख पर्शराम खापुङ्ग समक्ष गएका हुन् ।यस अघि एमालेका ३९ जना प्रदेश सभा सदस्यले  
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
यस्तै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले कार्कीलाई दिएको विश्वासको मत समेत फिर्ता लिएका छन् । समर्थन फिर्ता र विश्वासको मत समेत फिर्ता लिएकाले  मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस भएको हो ।
हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन पेस भएको दाबीमा एमालेका ४० र माओवादीका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । कोशीमा बहुमत पुर्‍याउन  ४७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । 
यसै गरी ५३ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समेत प्रदेश प्रमुखसमक्ष माग गरिएको छ  ।