विराटनगर । कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरे लगत्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले राजीनामा दिएका हुन् । नेकपा एसले भने अहिलेसम्म मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छैन ।
केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल भएसँगै कोशी प्रदेश सरकारमा पनि सरकार परिवर्तनको कोर्स सुरु भएको हो । नयाँ सरकार गठनका लागि मन्त्री फिर्ता भएसँगै बाटो खुल्ला भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।