विराटनगर । नेकपा माओवादी सम्सदिय दल कोसीको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठक पछि माओवादी संसदिय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरूले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना सरकारमा मन्त्री छन् ।

मन्त्री पछि कोसी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।कोशीका मुख्यमन्त्री केदार कार्कीलाई एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेका छन् । एमालेका प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् भने माओवादी सम्सदिय दलको अहिले बैठक बसिरहेको छ । बैठक सम्पन्न भएसङै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रूपमा सम्सद सचिवालयमा जानकारी गराउने तयारी भएको छ ।

नेकपा माओवादी नेता तथा कोसी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईँले दुई दलबिच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।

कोशीका मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८(५) अन्तर्गत मुख्यमन्त्री बन्दा एमालेका ३९ सदस्यले समर्थन गरेका थिए ।