विराटनगर । झिलकुमारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुशीला पाठकलाई प्रदान गरिएको छ। ११ हजार राशीको पुरस्कार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर  २ स्थित नारदमुनी–पवित्रादेवी  लुइँटेल स्मृति कोषले स्थापना गरेको हो । विराटनगरमा रहेर पत्रकारिता गर्दै आएकी पाठकलाई सो पुरस्कार प्रदान गरिएको कोषका संरक्षक पत्रकार शङ्कर लुइँटेलले जानकारी दिए । शुक्रवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र कोषका संरक्षक  लुइँटेलले पाठकलाई पुरस्कार प्रदान गरे । झिलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट  अभयकुमार राई र विनोद सुवेदी यसअघि नै पुरस्कृत भइसकेका छन्  ।