विराटनगर । होलीको पूर्वसन्ध्यामा गरिने  होली अलबेली शुक्रवार (आज) साँझ ५ बजे निस्कँदैछ । मारवाडी युवा मञ्चको आयोजनामा शुक्रवार साँझ विराटनगरको ट्राफिक चोकबाट सुरु हुने होली अलबेली बरातलाई हाँस्य ब्यङ्रग्य सँग जोडिएको  छ  । दुलाहा दुलही सहित निस्कने  अलबेली बरातलाई विशेष बनाइने  आयोजक समितिका संयोजक राजेश लखोटियाले जानकारी दिए । विराटनगरको राधाकृष्ण रथयात्रा पछिको ठुलो खालको कार्यक्रम हुने आयोजकको दावी छ ।  विराटनगरको बोहरा गोला ट्राफिक चोकबाट सुरु हुने कार्यक्रम मेनराड हुँदै  गोल्छा चोक, पण्डित मेगराजन मार्ग, दाजुको चिया पसल हुँदै  अतिथिको पछाडिको गेटमा पुगेर समापन हुने लखोटियाले जानकारी दिए । मुख्य आकर्षकको रूपमा मुर्गा तर्साइ रहने भनिएको छ।