विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले सङ्गठन सुदृढीकरणका लागि ३२  ‘म मरो वडा आफै बनाउँछु’ अभियान सञ्चालन गर्ने भएको छ । 
महानगर कमिटीको नवौँ पूर्ण बैठकले महानगरमा पार्टीलाई बलियो र चलायमान बनाउन ३२ दिन सम्म अभियान सञ्चालन गर्ने योजना बनाएको हो । यस अभियान अन्तर्गत सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण गर्दै वडाहरूको व्यवस्थापन, टोल कमिटी पुनर्गठन गरिने छ ।
यस्तै जनसङ्गठनको गठन तथा पुनर्गठन एवम् व्यवस्थापन गरिने एमाले विराटनगर महानगरका अध्यक्ष सागर थापाले बताए । उनले अभियानको अवधिभर  भेला बैठक, जनतासँग जनप्रतिनिधि र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरू सञ्चालन गरिने  थापाले बताए ।
उनका अनुसार एमाले महानगरले १९ वटै वडामा वैशाख मसान्तभित्र वडा स्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने हुने छ । यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बिचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताए ।
बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बिचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिए ।