इटहरी । सडक मार्गका हिसाबले हेर्ने हो भने इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व पश्चिम र उत्तर दक्षिण जान्छन् । 

२०३० साल तिर पूर्व पश्चिम सडक खण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो । यस अघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो । इटहरी उप महानगरमै पर्ने पकली पहिला गुल्जार थियो । 
तर पूर्व पश्चिम सडक खण्ड खण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको सङ्ख्या दिन दिनै बढिरहेको छ । 
इटहरी उप महानगरपालिको तथ्याङ्क अनुसार इटहरीमा बर्षौने २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसङ्ख्या पनि बढिरहेको छ । 
राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा  ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसङ्ख्या  १ लाख ९८ हजार ९८ जनसङ्ख्या छ । 
२०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धुरी थिए ।  इटहरीको जनसङ्ख्या ६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो । 
यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको सङ्ख्या झन्डै ३ लाख रहेको अनुमान छ । 
यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधिक छ ।’ किन इटहरीमा बसाई सराइको चा बढिहरेको छ त ? इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन्, बसाइका लागि उपयुक्त सहर भएर । 

इटहरीको बसाँइ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीको पूर्व मेयर द्धवारीकलाल चौधरी बताउँछन् । पहाडबाट तराई बसाई सरेर झर्नेहरू इटहरीमा रोकिए । विराटनगर लगायतका सहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन् । उनले भने, मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाई सराइको चाप बढेर गयो । 

इटहरीमा ३० को दशममा पूर्व पश्चिम सडक बनेसँगै बसाइँ सरेर आउने क्रम सुरु भइसकेको थियो । २०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरान बाट पनि  सुरक्षित बसाइकालागि मानिसहरू इटहरी झरेको इटहरी बुझेकाहरू बताउँछन् । 
 
घर मात्रै बनेनन् व्यापार पनि बढ्यो 

Itahari

इटहरीमा घर मात्रै बनेका छैनन् मात्रै होइन ठूल्ठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन् । कोसी प्रदेशमै पहिलो पटक डिपार्टमेन्ट कल्चर इटहरीबाट सुरु भएको मानिन्छ ।
इटहरी पछिल्लो समय रेडिमेट व्यवसायको हबको रूपमा विकास भइरहेको छ । यहाँ होलसेल व्यापार हुन्छ । कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ । धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ ।  
नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको हो । नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४ वटा गाउँपालिकाहरू गाभिएका छन् ।
’देशलाई जोड्ने यातायात सञ्जालसँग इटहरीमा होटेल व्यवसाय समेत फस्टाएको छ  इटहरीमा अहिले पाँच तारे होटेल खुलेको छ  । 
इटहरीको सम्भावना छ भन्ने देखेर इटहरीलाई बसोबासका रूपमा रोजेको हो ।

तेह्रथुमबाट इटहरीमा बसाई सरेका राधाकृष्ण घिमिरेले भने, भौतिक पूर्वाधारको विकास पनि भइरहेको छ । सुरक्षाको अवस्था पनि राम्रो छ । बस्नका लागि इटहरी राम्रो लागेको छ । उनका अनुसार शिक्षा स्वास्थ्य जस्ता कुराले पनि इटहरी उपयुक्त स्थलको रूपमा विकास हुँदै आएको छ । 

बाटो घाटोको हिसाबले त सजिलो भई नै गयो धनकुटाबाट बसाँइ आएका पदमलाल गिरीले बने यहाँबाट जता जान पनि बाटोको हिसाबले सहज भएको छ । 

police

सुरक्षामा मजबुत इटहरी 

इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ । यस्तै इटहरीमै सशस्त्र प्रहरीको बराह बाहिनी पनि छ । 
इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरू इटहरीलाई बसोबासको उपयुत्तः स्थलको रूपमा लिने गरेका छन् । 

यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ । इटहरीका चोक चोकमा सिसी क्यामरा जडान गरिएको छ । यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

उनले स्थानीय र उपमहानगरसङ मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताए  । उनका अनुसार अहिले इटहरी उप महानगरको मुख्य चोकमा सिसी क्यामराबाट अनुगमन गर्ने काम भएको  स्थानीय तहसँगको समन्वयमा सीसी क्यामरा राखेको छ । सीसी क्यामराका कारण अपराध अनुसन्धानमा सहज भएको छ । 

cctv np

पूर्वाधार विस्तारले आकर्षण 

इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउन सुरु भैसकेको उपमहानगरले जनाएको छ । यसअघि ढल निकासमा सन्तोषजनक काम नभए पनि अहिले यसलाई तीव्रता दिइएको छ । वर्षौँदेखि अल्झिएको कोसी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा छ ।

 फोहोर मैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । इटहरी भएर बग्ने टेङ्ग्रा र शेहरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास भने कायमै थियो ।

 तर यसपालि देखि इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम सुरु भैसकेको नगरप्रमुख हेमकर्ण पौडेल बताउँछन् । उनले भने, पूर्वाधार विकासको विस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्त स्थलको रूपमा मानिसहरूले लिने गरेका छन् । यो काममा उप महानगर अझै लाग्ने छ । 


स्वास्थ्य र शिक्षा उप महानगरको प्राथमिकता 

इटहरीले विभिन्न कोणबाट आफूmलाई चिनाउने प्रयास गरिरहे पनि सार्थक हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता नगर बासीलाई छ । 
यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम सुरु भैसकेको उपमहानगरपालिकाको दाबी छ ।
खास गरी तराई आन्दोलनपछि इटहरीमा जनघनत्व ह्वात्तै बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो । 

सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाई विस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो ।
 यही चुनौतीलाई अवसरको रूपमा बदल्न मुख्य चौक क्षेत्रमा आकाशे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए ।