सुनसरी । उपराष्ट्रपति रामसहायप्रसाद यादव आउने तय भए पनि अन्तिम समयमा अनुपस्थित भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकामा कृषि सिँचाइका लागि विद्युतीकरण कार्यक्रमको उद्घघाटन १०७ बर्षीय जेष्ठ नागरिक कैलीदेबी मण्डलबाट गरिएको छ ।
देवानगञ्ज गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।
२८ करोडको लगानीमा सुरु भएको विद्युतीकरण कार्यक्रमले देवानगञ्ज क्षेत्रका किसानलाई विद्युत् पहुँचमार्फत सिँचाइ गर्न सहज हुने अपेक्षा गरिएको छ ।











