विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ ।
विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको हो ।
एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमीला खड्का प्रथम, मुना कार्की द्वितीय र पूजा आचार्य तृतीय भएका थिए भने पुरुष एक सय मिटर दौडमा अभिषेक राई प्रथम, भरत बहादुर साउद द्वितीय र यस कुशवाह तृतीय भएका थिए ।
चेस खुला तर्फ रणजित लावती प्रथम, उद्गम पौडेल द्वितीय र नितेश कुमार मण्डल तृतीय भएका थिए ।
ब्याडमिन्टन महिला डबलमा नितिला खतिवडा र कृतिका पुडासैनीको समूह प्रथम भएको थियो भने श्रेया तिम्सिना र अन्नपूर्ण गिरीको समूह द्वितीय भएको थियो । ब्याडमिन्टन पुरुष डबलमा रणजित लावती र पवन बुढाथोकीको समूह प्रथम तथा अमन कुमार महतो र समीर चौधरीको समूह द्वितीय भएको थियो ।
त्यस्तै, टेबुल टेनिस महिला तर्फ कृतिका पुडासैनी प्रथम, ऋचा बस्ती द्वितीय र निनम्मा राई तृतीय भएका थिए । पुरुष तर्फ उद्गम पौडेल प्रथम, नितेश कुमार मण्डल द्वीति र शेषकान्त ताजपुरिया तृतीय भएका छन् ।
त्यसै गरी, भलिबल महिला तर्फ बीए एल.एल.बी. पहिलो वर्षको समूह प्रथम र बीए एल. एल. बी. दोस्रो वर्ष द्वितीय भएको छ ।
क्रिकेट पुरुष तर्फ बीए एल.एल.बी दोस्रो वर्ष प्रथम र बीए एल. एल. बी. पहिलो वर्ष द्वितीय भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल ले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा पुस ११ गतेदेखि १८ गतेसम्म खेलकुद सप्ताह आयोजना गरेको थियो ।
उक्त खेलकुद सप्ताहका विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र भने बुधवार वितरण गरिएको हो ।