विराटनगर । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतलाई पत्र लेखेका छन् । 
मेयर साम्पाङले आज स्वास्थ्य मन्त्री बस्नेतलाई एक पत्र लेख्दै लुकिछिपी बसेका का.मु डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन भनेका छन् । 
बीपी प्रतिष्ठानका का.मु डा. कार्कीले ११ विभागीय प्रमुखलाई कारबाही गरेको, प्रतिष्ठानमा आन्दोलनले ओपिडी बन्द भएको अवस्थामा आफू लुकिछिपी बसेको मेयर साम्पाङले आरोप लगाएका छन् । 
स्वास्थ्य मन्त्रीलाई सहयोग मागेका मेयर साम्पाङले डा. कार्कीलाई तत्काल उपस्थित गराई आवश्यक कारबाही अघि बढाइदिन पत्रमा भनेका छन् । 
‘का.मु उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको जस्ता अराजक गतिविधि गर्दै आएको हुँदा हाल उक्त विषयहरूलाई लिएर प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचारमा प्रभावित भएको ’ मेयर साम्पाङले लेखेको पत्रमा भनिएको छ, । 
पछिल्लो केही दिन देखी बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले आफ्ना माग पुरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । सोही विषयमा हिजो  कायममुकायम  उपकुलपतिको कार्यकक्षमा ताला लगाएका मेयर साम्पाङले स्वास्थ्य मन्त्रीलाई पत्र लेखेका हुन । 

हेर्नुस मेयर साम्पाङले लेखेको पत्र 

harka ko patra