विराटनगर । विद्यार्थीलाई परीक्षा नदिलाई फर्काएको आरोप लागेको सरस्वती माध्यमिक विद्यालयसँग विराटनगर महानगरपालिले स्पष्टीकरण सोधेको छ। विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक पौडेलले विद्यालयसँग लिखित जवाफ माग गरेका हुन् । त्यस विद्यालयसँग सम्बन्धित भई  परीक्षा शुल्क नतिरेको कारण विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको भनी आएको समाचारको विषयलाई लिएर महानगरको गम्भीर ध्यानाकर्षण भएकोले यस सम्बन्धमा के भएको हो? भनी महानगरले स्पष्ट पार्न विद्यालयलाई भनेको छ। ‘के कति कारणबाट कति जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन, महानगरपालिकाले सोधेको स्पष्टीकरणमा भनिएको छ, विद्यालयले कुन कुन शीर्षक र कानुनी आधारमा विद्यार्थी र अभिभावकसँग शुल्क, सहयोग रकम लिने गरेको छ ?’
414611578_696946739217100_5028696481632715659_n
महानगरपालिकाले ३ दिन भित्र लिखित जवाफ पेस गर्न पनि विद्यालयलाई जानकारी गराएको छ । स्पष्टीकरण सँगै महानगरपालिकाले कुनै पनि कारणबाट विद्यार्थीलाई विद्यालयले लिने परीक्षाबाट वञ्चित नगराउन समेत निर्देशन दिएको छ।