विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियानमा पार्टीसँगै जनसङ्गठनहरू सक्रिय देखिएका छन् ।  विभिन्न जनसङ्गठनहरूले अभियानलाई प्रभावकारी बनाएका छन्  । नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोशी प्रदेश समितिले इलाममा स्वास्थ्य शिविर गरेको छ। नेकपा माओवादी केन्द्र सन्दकपुर गाउँपालिका समितिको समन्पय तथा व्यवस्थापनमा महासङ्घले स्वास्थ्य शिविर गरेको हो । 
helth
निःशुल्क स्वास्थ्य शिविरमा करिब ३ सयले स्वास्थ्य जाँच गराएको प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोशी प्रदेश इन्चार्ज अन्जना पोखरेलले जानकारी दिइन्  । यस अघि झापा, सङ्खुवासभा लगायतमा शिविर गरिएकोमा पछिल्लो स्वास्थ्य शिविर इलामको सन्दकपुरमा गरिएको उनले बताइन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अस्पतालका स्वास्थ्यकर्मीहरू सहित गएको टोलीले सर्वसाधारणको स्वास्थ्यको परीक्षण गरेको थियो । helth camp