विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकाले विद्यालयमा पत्रु खाना विक्री वितरण गर्ने, प्रचार गर्ने र उपभोग गर्नेलाई  कारबाही गर्ने भएको छ।  एक सूचना जारी गर्दै बिक्री वितरण, सेवन प्रयोग नगर्न आग्रह गरेको हो ।

बुुढीगंगा जनस्वास्थ्य बोर्डको २०८० मङ्सिर २५ गते बसेको बैठकले निषेधित क्षेत्रमा पत्रु खाना जंकफुडको बिक्री वितरण प्रचार गरेको पाइएमा कारबाही हुने निर्णय गरेको हो । जंकफुडको विक्री वितरण गर्ने व्यक्ति वा संस्था वा दुबैलाई तोकिए  बमोजिमको कारबाही हुने पालिकाले जनाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी न्यौपानेले हस्ताक्षर गरेको सूचनामा जनस्वास्थ्य ऐन २०८० को दफा १७को उपदफा (७) अनुसार विद्यालय लगायतका स्थानमा जंकफुडको बिक्री वितरण, प्रचार र उपभोगमा निषेध गरिएकोले  त्यस्ता कार्य गरेको पाइए कारबाही हुने उल्लेख गरिएको छ।
notice budhiganga