विराटनगर । प्रहरीले एउटा पिक अप भ्यान सहित राजश्व छली  गरेको सामान सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको रतुवामाई नगरपालिका–७बाट प्र.१–०४–००१च १०८३ नम्वरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको चामल नियन्त्रणमा लिएको हो । सोना मन्सुली लेखिएको एक सय बोरा चामल र सो चामल ढुवानी गर्न प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चामल र सवारी सहित  ६ लाख १७ हजार ५ सय बराबरको बरामद सामान  बरामद भएको प्रहरीले जनाएको छ।  सवारी चालक रङ्गेली नगरपालिका–२ का   २८ वर्षीय दिनेश साहलाई नियन्त्रणमा लिएको छ। गाडी सहित पक्राउ परेको सामान र व्यक्तिलाई भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।