विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागू औषध सम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो । उनको गाडीमा समेत ढुङ्गा हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ । एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री विरुद्ध नाराबाजी समेत गरेका छन् ।

















