विराटनगर । नेकपा एमालेले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित झुला घाट(चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका लागि हर्कपुरमा हुने  आमसभाको तयारी पुरा भएको छ। 
पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन् । 
एमालेले सभाको लागि गाउँ गाउँबाट करिब १५ हजार मानिस उतार्ने एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवाडाले कार्यक्रमको तयारी पुरा भएको बताए । उनले आफूहरुको कार्यक्रम कुनै पाटीलाई घटाउने र बढाउने नभएको बताए । उनले पहिचानका नाममा अराजकता न निम्ताउन आग्रह गरे । उनले एमाले असंबैधानिक तरिकाले कार्यक्रम नगर्ने र अरुले गरेको असंबैधानिक कुराको पनि बिरोध गर्ने बताए । 
सभाका लागि युवा तथा जनसङ्गठनको स्वयंसेवक टोली परिचालन गरिएको छ । कार्यक्रम स्थलमा हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 
मङ्सिर १४ गतेबाट सुरु भएको अभियान आजबाट कोशी प्रदेशमा प्रवेश गर्नेछ । कोशीमा आजबाट सुरुमा भएको अभियान पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।umlllllumllumllllumlWhatsApp Image 2023-12-12 at 9.31.11 AM