विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेका छन् । विमानस्थलको भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन सहित उनलाई पक्राउ गरेको हो । 

सीसी क्यामराको फुटेजका आधारमा अन्य दुई सुडानी नागरिकलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तर उनीहरुले आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । 

शनिबार राती फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ बजे इजिप्ट नागरिक काठमाडौं अवतरण गरेका थिए ।  

गत विहिबार पनि यहि विमान मार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।।