विराटनगर । विराटनगर स्थित सात घुम्तीमा भएको आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ। बुधवार दिउँसो भएको आगलागीमा परि गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर ७, सात घुम्ती स्थित टिनको छाप्रो भएको कवाडी गोदाममा  भएको आगलागीमा  गरी गम्भीर घाइते भएकी विराटनगर ६ की  सुनिता कामतको कीर्तिपुर  स्थित बर्न अस्पतालमा मृत्यु भएको हो । उनको गए राती साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।  त्यस्तै यस अघि मृत्यु  भएर शव पहिचान नभएको महिलाको समेत पहिचान खुलेको छ।  घटनास्थलमा तत्काल नाम थर वतन नखुलेको महिला  विराटनगर  ६ की   ५५ वर्षीय सुशीला पासवान रहेको प्रहरीले जनाएको छ।   विराटनगर  ६ का ४० वर्षीय  दीपक मण्डल  बुधवार नै  न्युरो अस्पतालमा मृत्यु भएको थियो । 
त्यस्तै अन्य घाइतेहरूको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ।  उपचार भइरहेकाहरूमा विराटनगर ६ की ६० वर्षीय रिता सरदारको अवस्था गम्भीर रहेको छ ।  विराटनगर ६  का  ५८ वर्षीय किशोर पासवान र  कटहरी गाउँपालिका ६ का ३० वर्षीय पिङ्की कामतको अवस्था सामान्य अवस्थामा कीर्तिपुर स्थित बर्न अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दाहालले जानकारी दिए ।