विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी सदस्य  राजन श्रेष्ठको संयोजकत्वमा  स्वास्थ्य तथा सिप विकास समिति विस्तार गरेको हो । महासङ्घका अध्यक्ष राजेन्द्र राउतले समितिको संयोजकमा राजन श्रेष्ठलाई जिम्मेवारी दिएका हुन्  । समितिको सदस्यहरूमा डा फरवार्ड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा योगेन्द्र प्रसाद मेहता र आभाष श्रेष्ठ रहेका छन्  । समितिले स्वास्थ्य र सीप विकास सम्बन्धी कार्य गरी प्रदेशको स्वास्थ्य र सीपको क्षेत्रमा सहयोग गर्नेमा आफू विश्वस्त रहेको राउतले बताए ।