विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा नियुक्त भएका  डा. सन्देशदास श्रेष्ठले   पदभार ग्रहण गरेका छन्  ।  व्यवस्थापन संकाय डिनको पदभार ग्रहणगर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयको साखलाई बढाउने प्रतिबद्धता व्यक्त गरे ।  विश्वविद्यालयको गरिमालाई उच्च बनाउने तथा विश्वविद्यालयको उन्नयनका लागि समय सापेक्ष अनुसार पाठ्यक्रमको विकास गरिने बताए ।  

गत शुक्रवार डिनमा नियुक्त भएका  भएका सहप्राध्यापक डा. श्रेष्ठलाई उपकुलपति प्रा.डा. यादवराज कोइरालाले बुधवार पद तथा गोपनीयताको शपथ गराए ।  नवनियुक्त डा. श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको ७ औँ डिन हुन्  । उनको कार्यकाल ४ वर्षको हुनेछ । वि.स. २०६१ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापन गराउँदै आएका श्रेष्ठले मार्केटिङ स्ट्रेटेजी प्लानिङमा विद्यावारिधि गरेका छन् ।