विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तरगत सङ्खुवासभामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोसी प्रदेशको आयोजनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिका स्थित मुढेशस्चिरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।  helth 2
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरू सहितको टोली सहित ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको सेवामा पहुँच पुर्‍याउने उद्देश्यले प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आयोजना र  नेकपा माओवादी केन्द्र धर्मदेवी नगर समितिको समन्वयमामा निःशुल्क स्वास्थ्य शिविर गरिएको महासङ्घ कोसी प्रदेशकी फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले जानकारी दिइन् । एक दिने स्वास्थ्य शिविरमा ११९६ जनाले स्वास्थ्य लाभ लिएको पोखरेलको भनाई छ ।  शिविरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ डा गुरु खनाल,  कोसी अस्पताल विराटनगरका वरिष्ठ गाईनोलोजिष्ट डा आनन्द गुरुङ, फिजिसियन डा आकाश यादव, बालरोग विशेषज्ञ प्रदीप मेहता, नाक कान घाँटी रोग विशेषज्ञ  प्रवीण यादव, आँखा रोग विशेषज्ञ डा ज्योति यादव,  आयुर्वेदिक डाक्टर तीर्थ अधिकारी सहित वरिष्ठ ल्याब असिस्टेन्ट पङ्कज मेहता र रञ्जन मेहताले सेवा दिएका थिए ।  helth 1

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार डाँगी, जङ्ग गिरी, समीप ढकाल तथा गोमा उप्रेती सहभागी थिए । माओवादीको विशेष अभियान अन्तरगत  कोसी प्रदेशका धेरै ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने पोखरेलले बताइन् । aaaa