विराटनगर । नेपाल उद्योग परिसंघ कोशीमा नयाँ नेतृत्व आएको छ । केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले कोशी प्रदेश समितिमा आएको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका छन् ।  शुक्रवार पत्रकार सम्मेलन गर्दै परिसंघमा  आएका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरेको जानकारी गराइएको हो । 
उद्योगी पवन कुमार सारडाको अध्यक्षतामा नेपाल उद्योग परिसंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा चयन भए । समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारण सभाले महिला उपाध्यक्ष पद सृजना गरेको छ । नव निर्वाचित उपाध्यक्षहरूमा नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल र गिरिजा सारडालाई चयन भएका छन् । 
मानार्थ उपाध्यक्षमा घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँ  चयन भएका छन् ।   त्यस्तै कार्य समितिको सदस्यहरुमा राजेन्द्र राठी, बेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जीतेन्द्र राठी, अविद अली अंसारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी छन् । 
घिमिरेले परिसंघको केन्द्रीय उपाध्यक्षमा  भएपछि कोशी प्रदेशमा नयाँ नेतृत्व चयन भएको हो ।  आफू केन्द्रीय उपाध्यक्ष भएपछि तिन महिना भित्र पद हस्तान्तरण गर्ने भनेका घिमिरेले साधारण सभा गरेर पद हस्तान्तरण गरेका हुन् । घिमिरेको कोशी प्रदेश अध्यक्षमा   कार्यकाल १ वर्ष बाँकी नै रहेको थियो ।
मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष महेश जाजुलाई परिसंघको प्रमुख सल्लाहकार चयन गरेको छ।  वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल ग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । राजन भगत, रिता ढकाल, महेश पौडेल, अनुप सिग्देल, संजीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन भएका छन्  । 

परिसंघको साधारण सभाले अध्यक्ष पवनकुमार सारडाको संयोजकमा संरक्षण तथा भवन निर्माण समितिको गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।