विराटनगर । महेन्द्र मोरङ  क्याम्पसले विद्यार्थीको लागि अभिमुखीकरण  गरेको छ। कक्षा कोठामा कहिल्यै उपस्थित नहुने  विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण गरिएको हो ।  महेन्द्र मोरङ आदर्श क्याम्पसले दिए तेस्रो वर्षको  विद्यार्थीलाई ऐच्छिक विषयको अभिमुखीकरण दिएको हो ।   तेस्रो वर्षमा लिनुपर्ने ऐच्छिक विषयको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।  क्याम्पसमा उपलब्ध राजनीतिक शास्त्र, नेपाली, समाजशास्त्र, ग्रामीण विकास र इतिहासको विषयमा अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणको क्रममा प्राध्यापक तथा विभागीय प्रमुखहरूले क्याम्पस नआउने विद्यार्थीहरूको प्रयोगात्मक परीक्षामा मूल्याङ्कन हुने बताए ।  महेन्द्र मोरङ क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा.चन्द्र तिम्सिनाले क्याम्पसमा कहिल्यै नआउने प्रयोगात्मक परीक्षाको अन्तिम दिनको अन्तिम समयमा आएर अङ्क माग्ने  प्रथा यस वर्षबाट अन्त्य हुने बताए  । 

बिहीबार दिए तेस्रो वर्षको विद्यार्थीसँगको अभिमुखीकरण आयोजना गरिएको थियो ।  कार्यक्रममा तिम्सिनाले अब कक्षा नआउने तर नम्बर माग्ने प्रवृत्तिको अन्त्य हुने बताए ।  अभिमुखीकरणको समापन गर्दै सहायक क्याम्पस प्रमुख सुशील अधिकारीले विद्यार्थीलाई  दिइने  पाँच वटा बाहेकका विषय समेत केही सर्त राखेर पाउन सकिने बताए ।