विराटनगर । मोरङ प्रहरीले गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१८ लाभ घाटबाट गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय बुध नगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सबाट साँडे २१ किलो गाँजा नियन्त्रणमा लिएको हो । 
एम्बुलेन्सको डिकीमा लुकाई भारत तर्फ लग्दै गरेको  २१.५ किलोग्राम लागु औषध गाँजा सहित नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ ।   राजन अधिकारी फाउन्डेसन धरानद्वारा सञ्चालित उक्त नम्बरको एम्बुलेन्स र चालक धरान–११ का ३८ वर्षीय गङ्गा सरकार र सोही स्थानमा रहेको भारतीय  नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै बुध नगरबाट नै साँडे १६ किलो गाँजा बरामद भएको छ।  इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  लागु औषध गाँजा सहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।