लक्ष्मी उप्रेती ।
झापा । झापाको मेचीनगर नगरपालिकाले शुक्रवार नगरका औषधि पसलमा छड्के अनुगमन गरेको छ । नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मिना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय झापाको प्रतिनिधि, जन स्वास्थ्य निरीक्षक, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूका प्रतिनिधिसहितको टोलीले नगरको मुख्य: व्यापारिक केन्द्र धुलाबारी बजारको पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गरेको हो । औषधि बिक्री–वितरणको अवस्थासँगै कानुनी प्रक्रिया, दर्ता नवीकरण, तालिम प्राप्त र दक्ष स्वास्थ्यकर्मी लगायतको पनि अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
अहिले डेंङ्गी सक्रमण बढिरहेका बखत नगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसल तथा निजी अस्पताल, औषधि पसलले सञ्चालन गरेका प्रयोगशालाले डेंङ्गी परीक्षणमा मनपरी शुल्क लिएको, औषधि पसलहरू मापदण्ड विपरीत चलेको, औषधि क्षेत्रमा विकृति बढेको गुनासो आएपछि नगरपालिकाको नगर स्तरीय अनुगमन टोलीले छड्के अनुगमन गरेको टोलीका संयोजक एवम् उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।  Anugaman (3)
“नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएका औषधि पसलको अवस्था बुझ्नका लागि अनुगमन गरिएको हो, उनले भनिन्, दर्ता, नवीकरण मिति, दक्ष स्वास्थ्यकर्मीलगायतका विषय पनि अनुगमन भएका छन् ।” 
 अनुगमनका क्रममा मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सविता सापकोटा निरौलाले औषधि पसललाई म्याद गुज्रेका औषधि नबेच्न र छुट्टै भण्डारण गर्न सचेत गराएको बताइन् ।  
 औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि  पसलहरुले बिक्रीका लागि नराख्न वा नबेच्न र आफ्नो व्यवसाय सम्बन्धित सबै निकायमा दर्ता गरी समयमै नवीकरण गर्न समेत भनिएको बताइन्  ।  प्रयोगशालामा डेंङ्गी परीक्षण शुल्क फरक फरक लिने गरेको फेला परेको छ । अनुगमनको क्रममा परीक्षण शुल्क ६ सय देखि एक हजार रुपैयाँसम्म लिने गरेको पाइएको  हो । 381381733_1399280947316951_4983704453050888717_n
व्यवसाय सञ्चालन गर्दा पर्याप्त स्थानको व्यवस्था गर्न, व्यवसाय दर्तासम्बन्धी कागजात ग्राहकले देखिने गरी राख्न, सबै ग्राहकलाई अनिवार्य रूपमा बिल दिन, प्रतिबन्धित औषधि प्रयोग नगर्न, र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिएको अनुगमन टोलीका सदस्य एवम्  जनस्वास्थ्य निरीक्षक रामप्रसाद अधिकारीले बताए ।  केही औषधि पसलहरू स्थानीय सरकारमा दर्ता नभएको, केही फार्मेसीहरूको दर्ता प्रमाणपत्र नवीकरण नभएको पाइएको छ ।Anugaman (1) 3
अनुगमनका क्रममा केही औषधि पसलमा व्यवसाय दर्ता प्रमाणपत्र ग्राहकले देखिने गरी नराखेको, पर्याप्त स्थानको अभाव, औषधि किन्दा बिल नदिने गरेको जस्ता कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ ।   अनुगमन टोलीले मेचीनगर ९ र १० को दश वटा पसलको अनुगमन गरेको थियो ।