सुनसरी । नेपाली काँग्रेसका कोसी प्रदेश सांसद खगेनसिंह हाङगामले आफूलाई पेस्तोल तेर्साउने प्रहरी र उनका परिवारलाई ज्यान मार्ने धम्की दिएका छन् । 
बिहीबार राती प्रहरीले सांसद हाङगामलाई पेस्तोल देखाएर मार्ने धम्की दिएको,घरमा हुल हुज्जत गरेको घटनामा शुक्रवार भएको विरोध प्रदर्शनमा सांसदले हाङगामले पनि प्रहरीलाई मार्ने धम्की दिएका हुन । 
प्रदेश सभा सदस्य तथा काँग्रेस नेता खगेनसिंह हाङगामले शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुल्ला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।
त्यस क्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबारै राति तरुण दलका कार्यकर्ताले प्रहरीका दुई वटा बुथ तोडफोड समेत गरेका थिए । सांसदलाई ताकेर प्रहरीले पेस्तोल कक गरेको आरोप काँग्रेसको छ भने डिएसपी राजन लिम्बूले भने प्रहरीलाई हातपात गर्ने र हतियार खोस्ने जस्ता हर्कत गरेपछि विवाद भएको बताएका छन् ।
taplejung 2