विराटनगर । कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकारका लागि आफूहरू तयार रहेको बताएका छन् । प्रदेशमा सहमतीय सरकारका लागि तयार भए पनि केन्द्रमा रहेका नेताहरू पनि तयार हुनु पर्ने थापाले बताए ।
 उनले सहमतीय सरकार निर्माणमा नव नियुक्त मुख्यमन्त्रीले भूमिका खेल्नु पर्ने बताए । उनले भने अव सहमतीय सरकार निर्माणको भूमिका खेल्ने काम नव नियुक्त मुख्यमन्त्रीको हो । उहाँले शीर्ष नेताहरूलाई सहमत गराउन सक्नु भयो भने सहमतीय सरकार बन्छ । 
सहमतीय सरकार बने प्रदेशमा देखिएको राजनीतिक अस्थिरता हटेर जाने थापाले बताए ।  नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलका नेता समेत रहेका थापाले  प्रदेश सभामा रहेका सबै दलहरूको चाहाना मध्यावधिमा नजाँच भन्ने रहेको बताए । 
उनले भने अहिले कोही पनि मध्यावधिमा नजाऊ भन्नेमा छौ । अव यस्तै परिस्थिति रह्यो भने मध्यावधि कसैले रोकेर नरोकिने बताए । संविधानको धारा १६८(३) अन्तरगत बनेको सरकारले पनि विश्वासको मत पाउन नसक्ने बताए  । यो सरकारले विश्वासको मत लिन नसक्ने र धारा १६८(५) अन्तरगत गठबन्धन दलकै सरकार बन्ने दाबी गरे । यसरी बनेको सरकारले पनि विश्वासको मत पाउन नसके प्रदेश मध्यावधिमा जाने थापाले बताए ।
 उनले भने हामीसँग बहुमत छ कसरी यो सरकारले विश्वासको मत लिन सक्छ । उनले तत्कालका लागि काँग्रेस मात्रै होइन गठबन्धन दल प्रतिपक्षमा बस्ने बताए ।  उनले  सर्वोच्चको फैसला मान्ने बताए । उनले सर्वोच्च अदालतमा बहुमतको कुरा पनि सुनवाइ नभएको बताए  । 
उनले गठबन्धनसँग ४७ सिट भएको भए पनि सर्वोच्चले  यस बारेमा सुनुवाइ नगरेको तर अदालतको फैसला मानेर गएको बताए । दुई दुई पटक सर्वोच्च अदालतले पद मुक्त गरे पनि आफूलाई कुनै गुनासो नभएको बताए । उनले भने, आफूले संविधान र कानुन नमिचेको समेत दाबी गरे ।।