विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीमा रहेको नरग्राम नमुना माध्यमिक विद्यालयले ५७ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  विभिन्न कार्यक्रमको आयोजना गरेको छ। विद्यालयले दिवसको सन्दर्भ पारेर   प्रभात फेरी, अभिभावक भेला,  वादविवाद प्रतियोगिता तथा क्याप्टेन र सहायक क्याप्टेन छनौट गरेको हो । 
विद्यालयको प्रधानाध्यापकमा कैलाश केसी नियुक्त भएपछि उनले विद्यालयका गतिविधि बढाएका हुन् । उनी विद्यालयको प्रधानाध्यापकको रूपमा नियुक्त भएर आएसँगै विद्यालयका शैक्षिक गुणस्तर सुधारदेखि अतिरिक्त क्रियाकलापमा बालबालिकाको सक्रिय सहभागिता बढाउने अभियानमा थालेको विद्यालयका अभिभावकले बताएका छन्  । abhibhabak bhela

साक्षरता दिवसको अवसरमा आयोजित विद्यालयबाट शुरु भएको प्रभाव फेरी विभिन्न चोकहरूमा पुगेर फेरी विद्यालयमा पुगेर समापन भएको थियो ।  विद्यालयले बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका अभिभावक भेला समेत आयोजना गरेको छ । आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने, अभिभावकले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल भएको  प्रधानाध्यापक कैलाश केसीले बताए । naragrammत्यस्तै वादविवाद प्रतियोगितामा एकता शर्मा र  लक्ष्मी गौतम प्रथम भएका छन्  । विनोद बस्नेत र सुरेन्द्र आचार्य द्वितीय हुँदा  हिरा थापा र विनीता शर्मा तृतीय हुन सफल भएको विद्यालयले जनाएको छ।