मेचीनगर । होटल व्यवसायी सङ्घ मेचीनगर झापाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ।  ।करिब २२ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।  भवन निर्माणका लागि मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । भवन उद्घाटन कार्यक्रममा  मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले  अनुशासित भई व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे ।   उनले भवनहरू मात्र विकासको सूचक नभएको बताएका बुढाथोकीले  अनुशासित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।  ‘होटल व्यवसायीको हक, हित अधिकारका लागि लाग्नुहोस्, उनले भने, जे उद्देश्य राखेर भवन निर्माण गरिएको भए पनि व्यवसायी मर्यादा कायम राख्न सक्नुपर्छ ।’
भारतीय भूमि हुँदै पैदल मार्ग भएर बङ्गलादेश तथा तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई भारतीय अध्यागमन चेकपोस्टले आगमन अनुमति नदिँदा होटल तथा पर्यटन क्षेत्र समस्यामा रहेकोले  पूर्वी नाकालाई सहज बनाउन सम्बन्धित क्षेत्रसँग स्थानीय सरकारले पटक पटक छलफल गरेको जानकारी दिए ।hotel mechii
पछिल्लो समय नाका केही हदसम्म सहज बन्दै गएको उनको  भनाई छ । स्थानीय सरकार स्थानीयवासीको भएको र उनीहरूका अप्ठ्यारोमा सरकार उभिने स्पष्ट पारे ।  ‘यसका लागि छलफल निरन्तर छ, आवश्यक छ, उनले भने,  बसपार्कलाई व्यवस्थित गर्न सम्बन्धित सङ्घ संस्थासँग छलफल जारी रहेको  छ ।’ मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले व्यवसायलाई करको दायरमा ल्याउन व्यवसायीले सहयोग गर्नु पर्ने बताइन् ।   उप्रेतीले नगरभित्र सबैभन्दा बढी होटल व्यवसाय काँकडभिट्टामा रहेको बताइन्  ।  ‘भारतसँग प्रत्यक्ष सीमा जोडिएको यस ठाउँमा विभिन्न व्यवसाय सञ्चालन गर्नु निक्कै चुनौती रहेको छ, उनले भनिन्, व्यवसायीहरूले यो चुनौतीलाई अवसरको रूपमा लिन सक्नुपर्छ ।’   नगरपालिकाले सङ्घको मागलाई सम्बोधन गरेर सानो रकम विनियोजन गरेकै कारण यो भवन निर्माण हुन सफल भएकोले यसलाई  नगरको सम्पत्तिको रूपमा लिएको बताइन् । नगरभित्रका सबै सङ्घ संस्थाको समन्वय सहकार्य जरुरी रहेको बताएकी उप्रेतीले नगरपालिका स्थानीय ठाउँको पर्यटन प्रवर्धन र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेवारी समुदायको लाखे नाचसहित निक्कै तामझामका साथ भवन उद्घाटन गरिएको छ।  सङ्घका अध्यक्ष सुरेशकुमार ( गोपाल) श्रेष्ठले  देशभरमा पहिलो पटक होटल व्यवसायी सङ्घ मेचीनगरले आफ्नो भवन निर्माण गर्न सफल भएको बताइन् ।
बैङ्कको ब्याज लगायत अन्य कारणले गर्दा अहिले पनि व्यवसाय सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताए ।  अधिकांश व्यवसायीहरू पलायन भएको र वैकल्पिक पेसामा लागेको समेत धारणा व्यक्त गरे ।   hotel sang mechi
होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले  होटल व्यवसायी सङ्घ मेचीनगर जिल्लाकै उत्कृष्ट सङ्घ भएको भन्दै प्रशंसा गरिन् ।  सङ्घका पूर्व अध्यक्ष एवम् मेचीनगर नगरपालिका वडा नम्वर – ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लब काँकडभिट्टाका अध्यक्ष एवम् होटल व्यवसायी राजु कार्कीलगायतले होेटल व्यवसायी सङ्घलाई बधाई दिएका थिए । badhi

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको कार्यक्रमको  स्वागत सङ्घका वरिष्ठ उपाध्यक्ष मानबहादुर (ध्रुव)गिरीले गरेको  सङ्घका महासचिव हस्तकुमार तामाङले जानकारी दिए ।