विराटनगर । ज्याला वृद्धिको माग राख्दै कोसी प्रदेशका विभिन्न ट्रेड युनियन आबद्ध घटकहरू आन्दोलित भएका छन् । लामो समयदेखि श्रमिकको ज्याला वृद्धि नभएको भन्दै विभिन्न ट्रेड युनियनहरूले आन्दोलन गरेका हुन् । उनीहरूले ले बिहीबार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन् । ठुला तीन राजनैतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट मजदुर सङ्गठनहरूले सरकार र उद्योगीलाई समय साक्षेप ज्याला वृद्धिको माग गर्दै  विराटनगरमा प्रदर्शन गरेका हुन् ।  नेपाली काँग्रेस निकट ट्रेड युनियन काँग्रेस कोसी प्रदेशका अध्यक्ष नारायण बाबु कार्की, ट्रेड युनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) कोसी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा प्रदर्शन भएको हो ।  उनीहरुले न्यूनतम ज्याला २५ हजार मासिक हुनु पर्ने माग राखेका छन् ।  sramik majdur ‘मजदुरको न्यूनतम तलब २५ हजार हुनुपर्ने माग  हामीले गर्दै आएका छौँ, जिफन्टका कोसी अध्यक्ष किशोर धमलाले भने, हरेक दुई दुई वर्षमा वृद्धि हुनु पर्ने मजदुरको तलब लामो समय देखि बढ्न सकेको छैन ।’ 
सरकारले प्रत्येक दुई वर्षमा मजदुरको तलब बढाउने श्रम ऐनमा व्यवस्था गरेको छ । अहिले मजदुरले न्यूनतम तलब करिब १४ हजार पाउँदै आएका छन्  ।  मजदुर नेताहरूले अहिलेको तलबमा करिब १० हजार वृद्धि हुनु पर्ने माग राखेका छन्  ।  sramikkट्रेड युनियनहरूले  यस अघि विभिन्न सरकारी निकायहरूमा मजदुरको तलब वृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाई सकेका छन् । तलब बढाउने बारेमा अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन । ट्रेड युनियनहरू  नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल ट्रेड युनियन महासङ्घ (जि फन्ट),  नेपाल कारखाना श्रमिक सङ्घ, अखिल नेपाल औद्योगिक मजदुर सङ्घ, समग्र उद्योग ट्रेड युनियनहरूको अगुवाइमा भएको आन्दोलनमा सहभागी श्रमिक तथा मजदुरहरूले मजदुरको अधिकार खोसिएको, मजदुरहरू एक हुनु पर्ने लगायतका प्लेकार्ड सहित नारा लगाएका थिए । sramik