विराटनगर । जिल्ला कारागार मोरङमा राति सुतिरहेका कैदी बन्दीमाथि चौकीदारले कट्टी प्रहार गरेका छन् । शनिवार बिहान भएको कट्टी प्रहारबाट दुई जना भएका छन् । एक जनाको अवस्था गम्भीर र एक जनाको मध्यम छ ।
घाइते हुनेहरूमा एक जना भारतीय नागरिक पनि छन् । घटनामा परेर भारतको उत्तर प्रदेश दिनाजपुर गौरी घर भएका ३५ वर्षीय चञ्चल बर्मन र मोरङको ग्रामथान गाउँपालिका–५ घर भएका २८ वर्षीय सञ्जय चौधरी घाइते भएको कारागार प्रशासक गौरव ढुङ्गेलले बताए ।
















