सुनसरी । इटहरीको मुख्य चोकमा ट्रकले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
धरानतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ५९२ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रनाउ श्रेष्ठले बताए।
मुख्य चोक क्षेत्रमा भएको दुर्घटनापछि स्थानीयले केही समय आक्रोश व्यक्त गरे ।
ठक्कर दिने ट्रक र चालक तेह्रथुमका दिलबहादुर मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















