सुनसरी । नमुना कलेज र स्मल हेभन स्कुल इटहरीमा जारी हिसान कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा भैरहेको प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा इटहरीको नमुनाले सुस्मा गोदावरी कलेजलाई ४९ रनले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

जनता क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय ८ रन बनाएको थियो ।

नमुनाको लागि राजु बिकले अर्धशतकीय इनिङ खेले । उनले २५ बलमा ५८ रन बनाएर अभिजित रहे ।

गुञ्जन दाहालले ११ रन जोडे । जवाफमा १ सय ९ रनको बिजयी लक्ष्य पछ्याएको सुस्मा गोदावरीले ६ बिकेट गुमाउदै ५९ रन मात्र बनाउन सक्यो ।

उसका लागि अनिल बस्नेतले नटआउट २६ रन बनाउदा एमडी आदिलले १६ रन जोडे । नमुनाका राजु बिक प्लेयर अफद म्याच घोषित भए । 

बुधबारनै सम्पन्न दोस्रो सेमिफाइनलमा इनरुवाको स्मल हेभन स्कुलले इटहरीको कोसीसेन्टजेम्सलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै नमुनासंगको उपाधी भिडन्त पक्का गरेको छ ।

स्मल हेभनले प्रस्तुत गरेको १ सय ६३ रनको बिजयी लक्ष्य पछ्याएको कोसीसेन्टजेम्स १० ओभर खेल्दै सबै बिकेट गुमाएर ५८ रनमा समेटियो ।

कोसी सेन्टजेम्सका मोहीत बिश्वकर्माले २२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको इनरुवाको स्मल हेभनले निर्धारित १५ ओभरको खेलमा ४ विकेट गुमाउदै १ सय ६२ रनको योगफल खडा गरेको थियो ।

उसका लागि रबिन मण्डले ३५ बलमा ७६ रनको उत्कृष्ट पारी खेले । खालिद खानले ३४ रन जोडे ।

रबिन प्लेयरअफद म्याच बने । स्मल हेभन र नमुनाबिचको उपाधी भिडन्त बिहिबार हुनेछ ।

हिसान सुनसरीको १२ औँ स्पोट्र्स मिट अन्तर्गत जारी प्रतियोगितामा सुनसरीका ८ वटा कलेजको सहभागिता रहेको छ ।

भलिबलमा छात्रतर्फ पूर्वाञ्चल, बिश्वआदर्श, पिस जोन र कस्तुरी कलेजको विजयी सुरुवात 
हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत बुधवारदेखि सुरु भलिबलमा छात्रतर्फ पूर्वाञ्चल सेकेण्डरी, बिश्वआदर्श, पिस जोन र कस्तुरी कलेजले विजयी सुरुवात गरेका छन् ।
इटहरी तरहरा स्थित पूर्वाञ्चल सेकेण्डरी स्कुलको भलिबल कोर्टमा बुधवार भएको उद्घाटन खेलमा पूर्वाञ्चलले धरान आदर्शलाई २–० को सोझो सेटले पराजित गरेको छ । खेलको प्लेयर अफद म्याच पूर्वाञ्चलका निरोज निरौला भए ।
दोस्रो खेलमा बिश्वआदर्शले इम्पेरियल कलेजलाई २–० को सोझो सेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
बिश्वआदर्शका नवराज श्रेष्ठ प्लेयर अफद म्याच बने । तेस्रो खेलमा पिसजोनले कोसीसेन्टजेम्सलाई २–० कै सोझो सेटमा पराजित गरेको छ ।
पिसजोनका अमन कुमार माझी प्लेयरअफद म्याच घोषित भए ।
WhatsApp Image 2026-02-04 at 17.26.45
चौथो तथा अन्तिम खेलमा कस्तुरी कलेजले प्रिमियर कलेजलाई २–० को सोझो सेटले पराजित गर्दा कस्तुरीका भीष्म श्रेष्ठ प्लेयरअफ द म्याच बने । 
बुधबारनै भएको छात्रातर्फको पहिलो खेलमा धरान आदर्शले बिश्वआदर्शलाई २–१ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
उक्त खेलमा धरान आदर्शकी प्रतीक्षा जोशी प्लेयरअफ द म्याच बनिन ।
दोस्रो खेलमा कोसीसेन्टजेम्सले ज्ञान दर्पण स्कुललाई २–१ को सेटले पराजित गरेको छ ।
कोसीकी प्रितास्मा तामाङ प्लेयर अफद म्याच भइन ।
तेस्रो खेलमा सुस्मा गोदावरीले इटहरी नमुना कलेजलाई २–० को सोझो सेटले पराजित गरेको छ ।
उक्त खेलमा सुस्माकी स्मारिका राई प्लेयरअफद म्याच बनिन ।
चौथो तथा अन्तिम खेलमा कस्तुरी कलेजले प्रिमियर कलेजलाई २–० को सोझो सेटमा पराजित गर्दा रिया शाही प्लेयर अफद म्याच घोषित भएको प्रतियोगिता संयोजक विशाल कार्कीले जानकारी दिए ।