फोटो : बुलेट खतिवडा 

इटहरी । लोक र रक संगितको समिश्रणनेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा दर्शक झुमेका छन् ।  बुधबार साँझ इटहरी रंगशालामा  करिब १० हजार दर्शक  ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ मा संगितको आनन्दमा रमाएका छन् । 

Nepathy Itahari (1)

तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा सक्रिय नेपथ्यका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ करिब ६ बजे स्टेजमा उक्लिँदा रंगशाला दर्शकको हुटिङ र तालीले गुञ्जिएको थियो।

करिब २ घण्टा चलेको सांगितिक प्रस्तुतीमा दर्शकहरु एकछिन पनि अलमल नगरी नाचिनै रहेका थिए, उफ्रि नै रहेका थिए । दर्शकहरुको लगातारको हुटिङ र तालीले गुञ्जिएपछि गायक अमृत गुरुङले दर्शकलाई पटक पटक सम्बोधन गर्दै यस्तै सभ्य र उत्साहित दर्शक देखेर गित गाइरहन मन लाग्ने बताए । 

Nepathy Itahari (8)

 गितका बीच–बीचमा गायक  गुरुङले नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम गर्न र राष्ट्रलाई एकताबद्ध रूपमा अघि बढाउन दर्शकलाई आग्रह गरे।

उनले देश निर्माणमा राजनीतिक दल, कर्मचारी, समाजका अगुवा तथा नीति निर्मातासहित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। युवालाई विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालमै अवसर सिर्जना गर्नुपर्ने धारणा पनि उनले राखे।

Nepathy Itahari (3)


गुरुङले नेपाललाई हिमाल, पहाड र तराईसँगै सगरमाथा र लुम्बिनीको सुन्दर देशका रूपमा चित्रण गर्दै नेपाली समाजलाई जोड्ने काममा संगीतको भूमिकासमेत महत्वपूर्ण रहेको सन्देश दिएका थिए। 

Nepathy Itahari (7)

Nepathy Itahari (14)

Nepathy Itahari (15)

Nepathy Itahari (11)