सुनसरी । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर शुक्रबार श्रीपञ्चमी पर्व मनाइँदै छ ।

वसन्त पञ्चमी पनि भनिने यस पर्वमा सरस्वती मन्दिरहरूमा पूजा गर्नेहरूको भिड लाग्छ ।

यो विद्या, बुद्धि, कला र संगीतको श्रीवृद्धिसँग गाँसिएको मौलिक पर्व हो ।

सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षा आरम्भ गर्ने प्रचलन छ ।

वसन्त पञ्चमीका दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन् ।

संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ ।

ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।