सुनसरी– धरानको जिरो प्वाइन्टमा आइतबार दिउसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
धरान १३ जिरो प्वाइन्ट स्थित कोसी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
अनियन्त्रित उक्त बस श्री कृष्ण प्रणामी मन्दिरकोको सटरमा रहेको न्यु सभा मेडिकलमा गएर ठक्कीदा ५ जना मानिस घटनास्थलम मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन ।
घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा धरानका डिएसपी भिषणबाबु राईको कमान्डमा २० जना टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको थेबेले जानकारी दिए ।