विराटनगर । सुनसरीको धरानमा बस दुर्घटना भएको छ । भेडेटारबाट धरान तर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परि ठुलो सख्यामा हाताहाती भएको छ । भेडेटारबाट धरान तर्फ आँ उदै गरेको को १ ख ७११९ नम्बरको गाडी ब्रेक फेल भएर घुम्तीमा रहेको घरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।
घरमा गाडी ठोक्क्दिा सोही घरमा रहेको मेडिकलमा आएका सर्वसाधारणलाई किच्दा हाताहाती भएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषणबहादुर राईले गाडी दुर्घटनामा परि घाइते भएकाहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए ।
त्यहाँ पठाएका मध्ये केहीको मृत्यु भएको भए पनि कति जनाको मृत्यु भएको भने भन्न सक्ने अवस्था नरहेको बताए । उनले अझै पनि घाइतेको उद्धार भइरहेको बताए । गाडी इस्र्टन एजुकेसन प्रालीको नाममा दर्ता भएको कागज भेटिएको छ ।













