सुनसरी । तेस्रो संस्करणको अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको इटहरीको बिश्वआदर्शले जितेको छ ।
इटहरीमा शनिवार सम्पन्न फाइनल खेलमा बिश्वआदर्शले नमुना कलेजलाई ५१ रनले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको पहिलो संस्करण जितेको बिश्वआदर्श गत संस्करणको फाइनलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँग पराजित बनेको थियो । 
1
इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा बिश्वआदर्शले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको नमुना १८ ओभरमा १ सय ७ रनमा समेटियो ।
नमुनाको लागि बिपन शाहले सर्वाधिक ४७ रन बनाए । राजु विकले १८ र कृष्ण विष्टले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । बिश्वआदर्शका अनिश कुवंरले महत्त्वपूर्ण ४ विकेट लिए । रोहन शाह र समीर तिम्सिनाले २–२ विकेट हात पारे ।
2
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन जोडेको थियो ।
रोहन शाहले सर्वाधिक ३७ रन बनाउँदा आकाश सर्राफले ३०, समीर तिम्सिनाले २५, आयुष ढुङ्गेलले १३ र रोशन खत्रीले १२ रनको योगदान दिए ।
33
नमुनाका सुबित मेहताले ३ र राजु विकले २ विकेट हात पारे ।
फाइनल खेलको प्लेयरअफद म्याच बिश्वआदर्शका अनीश कुवंर घोषित भए ।
प्रतियोगिताको विजेता बिश्वआदर्शले नगद २५ हजार सहित टफी पाएको छ ।

उपविजेता नमुनाले नगद १५ हजारमा चित्त बुझाएको छ ।
सर्वोत्कृष्ट खेलाडी बिश्वआदर्शका कप्तान भूपाल लुइँटेल घोषित भए ।
अनीश कुवंर वेस्ट बलर घोषित हुँदा रोशन खत्री वेस्ट ब्याटर बने ।
namuna
विजेता तथा उपबिजेतालाई प्रमुख अतिथि इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, बिश्वआदर्शका प्राचार्य गणेश दुलाल, कोसी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरका मालिक धर्म न्यौपाने लगायतले पुरस्कार वितरण गरे ।
इटहरी आदर्श जाइन्ट्सले पुस १९ गतेदेखि आयोजना गरेको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज टिमले प्रतिस्पर्धा गरेका थिए ।