सुनसरी– कोसी प्रदेशको पर्यटन प्रबद्र्धनको लागि सुनसरीका मणिन्द्र बहादुर कटुवालको अध्यक्षतामा होटेल तथा पर्यटन व्यवसायी महासंघ कोसी प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष देवी गौतम रबिनको आतिथ्ययतामा शुक्रवार भएको भेलाले कटुवालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति घोषणा गरेको हो ।
भेलाले इटहरीका तेजबहादुर पुरीलाई वरिष्ठ उपाध्यक्ष, मोरङका खिलकुमार सुबेदी र खोटाङका जेपी राईलाई उपाध्यक्षमा चयन गरेको छ ।
महासचिवमा सुनसरीका उमानाथ दाहाल, सचिवमा तेह्रथुमका प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा झापाकी इन्दिरा कुमारी श्रेष्ठ रहेका छन् ।
सदस्यमा मोरङका रमेश श्रेष्ठ, सुनसरीका केशव गिरी, धनमाया श्रेष्ठ, मीन बहादुर खत्री, आरोन कार्की, ताप्लेजुङका इन्द्रनारायण भटराई र झापाका नवीन खरेल चयन भएको छन् ।

















