सुनसरी । अविरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डिल्ली प्रसाद भण्डारी निर्वाचित भएका छन् ।
इटहरीमा बिहीबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा १२ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा सञ्जीव घिमिरे, सचिवमा सुरेश सुबेदी सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरूमा रुद्र कठायत, गोपाल तामाङ, लक्ष्मी खड्का, कर्ण दाहाल, रतनकुमार शाह, मोहन सुबेदी चयन भएका छन् ।
लेखा समितिको संयोजकमा अच्युत न्यौपाने चयन भएका छन् ।
मदन खतिवडा र कूलबहादुर निरौला खत्री लेखा समिति सदस्यमा निर्विरोध भएको निर्वाचन अधिकृत गोकुल थापाले जानकारी दिए ।
साधारण सभामा नवनिर्वाचित कार्यसमितिले सहकारी संस्थाको आगामी कार्यदिशा, पारदर्शिता तथा सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता सहित शपथ खाएको थियो ।
इटहरीका जनप्रतिनिधि देखी पत्रकार, नागरिक अगुवा, राजनीतिज्ञ, उद्योगी व्यवसायी लगायत सम्पूर्ण क्षेत्रका व्यक्तिहरू शेयर सदस्य रहेको अविरल बचत तथा ऋण सहकारी संस्था एउटा अनुशासित तथा प्रतिष्ठित संस्थाको रूपमा स्थापित छ ।