सुनसरी ।इटहरीमा जारी अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा बिश्वआदर्शसंग लज्जास्पद हार ब्योहोरेसंगै कस्तुरी कलेज प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार भएको पहिलो खेलमा इटहरीको बिश्वआदर्श कलेजले कस्तुरी कलेजलाई २ सय ३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बिश्वआदर्शले निर्धारित २० ओभरमा रोहन क्षेत्री र आकाश सर्राफको सतकीय इनिङमा १ विकेटको क्षतिमा २ सय ७८ रनको विशाल योगफल बनाएको थियो ।
सकुशल श्रेष्ठले १८ रन जोडे । ५९ बलको सामना गरेका ओपनर ब्याटर रोहनले १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ३ रनको अबिभिज पारी खेले । ५० बलको सामना गरेका अर्का ओपनर ब्याटर आकासले १४ चौका र ६ छक्काको मदतमा १ सय १२ रन बनाएर सिद्धार्थ यादवको बलमा क्याच आउट भए । 
जवाफमा २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको कस्तुरी कलेज १३ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो ।
कस्तुरीका ६ जना ब्याटरले खाता नै खोल्न सकेनन् ।
akash
आशिस अग्रवालले १५ रन बनाउनु बाहेक अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बिश्वआदर्शका भूपाल लुइँटेलले ६ विकेट लिँदा अनीश कुवरले ४ विकेट हात पारे ।
खेलको प्लेयरअफ द म्याच आकाश सर्राफ घोषित भए ।
लगातार दोस्रो हारसँगै समूह बी मा रहेको इटहरीको कस्तुरी कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।
उक्त समूहमा रहेको सुस्मा गोदावरी र बिश्वआदर्श कलेज बिच मङ्गलवार बिहान प्रतिस्पर्धा हुनेछ । उक्त खेल जित्ने टिम समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ ।
aaaa 1
सोमबार नै भएको दोस्रो खेलमा विराटनगरको कान्तिपुर कलेजले मोरङ पथरीको रेड स्टार कलेजलाई ४२ रनले पराजित गरेको छ ।
यो जितसँगै कान्तिपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
इटहरी स्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न आफ्‌नो लिग चरणको अन्तिम खेलमा मोरङ पथरीको रेड स्टार कलेजलाई ४२ रनले पराजित गर्दै कान्तिपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।
समूह सी मा रहेको कान्तिपुरले लिग चरणको दुई खेलमा शतप्रतिशत जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो । यसअघि कान्तिपुरले पहिलो खेलमा जनता उच्च मावि इटहरीलाई २५ रनले पराजित गरेको थियो । 
टस जितेर पहिले ब्याटिङ गरेको कान्तिपुरले खराब मौसमका कारण १७ ओभरमा छोट्टाएको खेलमा २ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । कान्तिपुरका लागि निश्चल गुप्ता र मन्नु दासले समान४३–४३ रन बनाए ।
शम्भु मण्डलले ३७ जोडे ।  रेड स्टारका सुधीर बस्नेत र अभिषेक विकले एक–एक विकेट लिए । जवाफमा १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको रेड स्टार १६ दशमलव ५ बल खेल्दै १ सय ४ रनमा समेटियो ।
बलिङतर्फ कान्तिपुरका सन्तोष गुप्ताले ३ विकेट लिँदा मनिष यादव र आदित्य शाहले समान २–२ विकेट हात पारे ।
खेलको प्लेयरअफद म्याच कान्तिपुरका निश्चल गुप्ता भए ।
मंगलबारनै हुने अर्को खेलमा दिउसो समूह डी मा रहेका विराटनगरको दुई टिम महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ कलेजबिच प्रतिस्पर्धा हुने आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुइँटेलले जानकारी दिए ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजका टोलीहरूको सहभागिता रहेको छ ।