सुनसरी । इटहरीमा प्रदेशस्तरीय तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
शनिवारदेखि सुरु प्रतियोगितामा इटहरीको नमुना कलेज र जनता उच्च माविले  विजयी सुरुवात गरेका छन् ।
इटहरी आदर्श जायन्ट्सको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा बिश्वआदर्श कलेजलाई १ सय २ रनले पराजित गर्दै नमुनाले विजयी सुरुवात गरेको हो । 
WhatsApp Image 2026-01-03 at 18.27.37
इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोसी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरको टिम नमुना कलेजले खराब मौसमका कारण १५ ओभरमा छोट्टाइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ५५ रनको उच्च योगफल जोडेको थियो ।
नमुनाका लागि कप्तान गौरव कटुवालले सर्वाधिक ४० रन बनाए ।
राजु विकले ३३, आदित्य लामिछानेले २३ र विपुल शाहले २१ रन जोडे ।
१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको बिश्वआदर्श ७ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमा समेटिएपछि नमुनाले फराकिलो जीत हात पारेको हो ।
aaaa
नमुनाका बलर हावी भएको खेलमा प्रकाश कार्कीले ३ ओभर बलिङ गरेर मात्र ३ रन खर्चिँदै ५ विकेट लिएपछि बिश्वआदर्शको इनिङ ध्वस्त बनेको थियो । यस्तै ३ ओभर बलिङ गरेका सोबित मेहताले ७ रन खर्चिँदै ३ विकेट हात पारे ।
खेलको प्लेयरअफद म्याच नमुनाका प्रकाश कार्की घोषित भए ।
शनिबारनै सम्पन्न दोस्रो खेलमा जनता उच्च मावि इटहरीले मोरङ पथरीको रेड स्टार कलेजलाई ३ विकेटले पराजित गरेको छ ।
आइतबार हुने पहिलो खेलमा इटहरीको कस्तुरी कलेज र सुस्मा गोदावरी कलेजबिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल विराटनगरको कान्तिपुर कलेज र जनता बहुमुखी क्याम्पस इटहरीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजका टोलीहरूको सहभागिता रहेको छ ।
ती टिमहरूलाई ४ समूहमा विभाजन गरिएको छ ।
pp
प्रत्येक समूहबाट समूह विजेताको रूपमा एउटा टिम सेमिफाइनलमा प्रवेश गर्नेछ ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।
प्रतियोगिताले कोसी प्रदेशका कलेजहरू बिचको क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सका अध्यक्ष भूपाल लुइँटेलले जानकारी दिए ।